अभिनयमा अब्बल मानिने अभिनेत्री केकी अधिकारीले चलचित्र निर्माण गर्ने भएकी छिन् । हाल प्रि–प्रोडक्सनको काम भइरहेको चलचित्रको नाम भने ‘कोहलपुर एक्सप्रेस’ रहेको छ । म्युजिक भिडियो निर्देशक विशाल भण्डारीले चलचित्रलाई निर्देशन गर्ने भएका छन् । चलचित्रमा शान बस्न्यातको कथा रहने छ । ‘कोहलपुर एक्सप्रेस’मा केकीको मुख्य भूमिका रहने बताइएको छ भने अन्य कलाकारमा प्रियंका कार्की, ऋचा शर्मा हुने भनिएता पनि तय भने भइसकेका छैनन् । बुझिए अनुसार चाँडैनै कलकार सहित चलचित्रको अफिसियल निर्माण घोषणा गरिन्दै छ । डार्क कमेडी चलचित्रको पटकथा र संवाद शान बस्न्यातको रहने छ । चलचित्रकाे छायाँकन कात्तिककाे दाेस्राे सातामा सुरु हुने छ ।