‘उत्कृष्ट फिल्म’ को सुची बाट अभिनेता प्रदीप खड्का अभिनीत फिल्म `प्रकाश´ लाई हटाइएको छ । मंगलबार चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कारमा मुख्य विधा (उत्कृष्ट फिल्म) नै हटाएपछि सिने क्षेत्रमा यसको चर्चा चलेको हो । माओवादीप्रति लक्षित गरेर फिल्म बनेकाले नाम काटेर पठाएको चर्चा मिडियामा भइरहेको छ ।सामाजिक सञ्जाल भुवन प्रति कटाक्ष गर्दै प्रदीप लेख्छन् :प्रकाशसंग सरकार डराएको देखिएन, बरु प्रक्रियागत हिसाबले अगाडी बढेको पाइयो।प्रक्रिया बुझ्दा व्यक्ती विशेष चाही बरु लेखक विकास सुवेदी म कलाकार प्रदीप खड्का र चलचित्र प्रेम गीत-३ सँग डराएको बुझियो ।सरकारबाट चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण जोड दिन प्रतिबद्धता आइरहँदा, प्रेम गीत-३ मार्फत सोही उद्देश्य सहितको कदम बढी सकेको जानकारी गराइयो ।दिग्भ्रमित गर्ने हिसाबले गरिएको कानुनको उपहासको दोष, कुनै पार्टी विशेष माथि थोपारेर पानी माथिको ओबानो बन्न खोजेकोमा पनि चर्चा भयो ।
पार्टी गत हिसाबमा पनि कुनै चित्त दुखाई रहेको छ कि भन्ने जिज्ञासामा, चलचित्र प्रकाश सेन्सर पास भएर प्रदर्शनमा आएकाले चलचित्र प्रति कुनै पनि पूर्वाग्रह नरहेको र यही तर्क जुरीको निर्णय अनुरूप सोही चलचित्रबाट निर्देशक र नायिकाले अवार्ड पाउनुले प्रस्ट बुझिने तथ्य आश्वस्त पारियो।समग्रमा बुझ्दा सरकार र पार्टीको बहानामा व्यक्तिगत रिशिवी साध्न सम्मानित मन्त्रालय साथै पुरा सरकारको नाम प्रयोग भयेको बुझियो।मलाई अवार्ड नादिदा अवार्डको औचित्यमा नै प्रश्न आओस्, त्यस्तो काम गर्न सकौँ भन्ने मान्यतामा हिँडेको व्यक्ति म, मिडिया फिल्मकर्मी र शुभचिन्तकप्रति यो शुभेक्क्षा, हौसला प्रति आभार व्यक्त गर्दै यसरी नै मेहनत साथ चलचित्र क्षेत्रमा आगामी कदम चल्ने मनसाय बनाइयो।चलचित्र प्रकाशका आधिकारिक र सम्बन्धित व्यक्तिहरू द्वारा आजको भेट पश्चात् हालै सम्पन्न रास्ट्िय अवार्डमा नेपाली चलचित्र क्षेत्रमाथि भएको चरम उत्सृइ॰खलता र समग्र चलचित्र कर्मिले भोगेको अन्यायमा न्याय पाउन RIGHT TO INFORMATION, सूचनाको हकको प्रयोग गर्दै उत्कृष्ट चलचित्र किन घोषणा भएन भनेर प्रश्न गर्ने र आवश्यक परे कानुनी प्रक्रियामा जॅादा उपयुक्त हुने निष्कर्ष पनि निकालियो । अन्ततः सकेसम्म नबोलौँ भन्दा भन्दै पनि यो न्याय हराएको देश भनिने ठाउँमा अन्याय सहनु पनि गलत नै हो भन्ने चिन्तनका साथ परिआय यही देशकै न्यायालयको ढोका ढक्ढकाउने भैईयो। जय नेपाल, जय नेपाली चलचित्र