गत बिहीबार वाट रिलिजमा आएको फिल्म ‘ऐँचो पैँचो’ले बक्स अफिसमा सुखद सुरुवात गरेको छ । पहिलो दिन हाउस फूल दर्शक पाएको फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको हो ।फिल्मको ८० प्रतिशतमाथि अकुपेन्सी रहेको वितरक कम्पनी आरआर फिल्म्सले जनाएको छ ।।कृषा चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्ममा मुकुन भुषाल, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतको पनि अभिनय रहेको छ । फिल्ममा अभिमन्यु निरवीको लेखन र पुरुषोत्तम प्रधानको छायांकन छ ।