महानायक राजेश हमाल अब कृषि र मनोरञ्जनमा आधारित टेलिभिजन रियालिटी शो मा देखिने भएका छन् । शैलेश कँडेलले निर्देशन गर्ने शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘ मा हमालले होस्ट गर्ने भएका हुन् । कृषि, उद्यमशीलता र जलवायु परिवर्तनका मुद्दालाई मुख्य विषयवस्तु बनाइएको कार्यक्रममा इ-स्क्वायर प्रालिले कृषि र मनोरञ्जन विधालाई समेटेर कार्यक्रमको परिकल्पना गरिएको छ । शो मा जज्को भूमिकामा योगेन्द्रकुमार कार्की र नम्रता पाण्डे छन् ।शोको प्रोमो पनि सार्वजनिक भैसकेको छ ।