अभिनेत्री निरुता सिंह वैवाहिक जीवनमा बाँधिएकी छन् ।मुम्बई निवासी सञ्जीव गुलाटीसँग उनले विवाह गरेकी हुन् । निरुताले सामाजिक सञ्जालमा साझेदार गरेको विवाहको एउटा तस्बिरमा उनी श्रीमानसँग खुसी मुद्रामा देखिएकी छन् । साथै उनले क्याप्सनमा लेखेकी छन् : ‘यतिका वर्षदेखि एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो । त्यो हो ‘निरुताजी बिहे कहिले गर्ने ?’ भन्ने प्रश्न । आज त्यस प्रश्नको जवाफ दिएकी छु ।’