अभिनेता शारुक ताम्राकारको न्यायको लागी कलाकारहरू सडकमा उत्रिएका छन् । आज काठमाडौँको माइतीघर मण्डलामा कलाकारहरू सडकमा उत्रिएका हुन् । सारुकको निधनमा संलग्नलाई कारबाहीको माग गर्दै सरकार र प्रहरीलाई दबाब दिँदै शान्तिपूर्ण प्रदर्शन कलाकारहरूले गरेका थिय । केही महिना अघि एक महिलाको नाममा किटानी जाहेरी दिन सारुकको परिवार जिल्ला प्रहरी परिसर (टेकु) पुगेको थियो । उक्त निवेदन परेसँगै प्रहरीले अहिले तीव्रताका साथ अनुसन्धान गरिरहेको छ ।