पछिल्लो समय नेपाली सङ्गीत जगतमा लोकलयका गीत चर्चित बनिरहेका छन् । कुनै समय चलचित्रमा आइटम गीत राख्ने चलन थियाे । गीतले चले चलचित्रको हाइप बढ्छ भन्ने सोचाईको कारण आइटम गीत नभएका चलचित्र कमै मात्र हुन्थे । तर पछिल्ला लोकलयका गीतहरुले आइटम गीतलार्इ प्रतिस्थापन गरिरहेकेा छ । त्यसै कारण होला चलचित्र मेकरहरु अहिले लोकलयमा बनेका गीत अाफ्नाे चलिचत्रमा राख्न अगाडी छन् । नेपाली युट्युब प्रयाेगकर्ता अनुसार करोड भन्दा कढि हेरिएको टप पाँच गीतहरू सबै लोकलयका नै छन् ।आज हामी चर्चा गर्दछौँ नेपालमा सवार्धिक हेरिएका पाँच गीतहरू
१. कुटुमा कुटु
चलचित्र ‘२ रुपैयाँ’मा समावेश भएको ‘कुटुमा कुटु’ नेपालमा सवार्धिक हेरिएको गीत हो । अहिले सम्म यो गीतलाई युट्युकमा ३ करोड ३ लाख बढीले हेरिसकेका छन् । गीतमा राजनराज सिवाकोटी, मेलिना राई र राजन इसानको स्वर रहेको छ भने राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको छ ।
२. सुर्के थैली खै
१ करोड क्लबमा पुगेको पहिलो गीत हो ‘सुर्के थैली खै’ । चलचित्र ‘वडा नम्बर ६’मा समावेश भएको यो गीतलाई हाल सम्म २ करोड २२ लाख भन्दा बढीले हेरिसकेका छन् । राजनराज सिवाकोटीको शब्द,सङ्गीत र स्वर रहेको गीतमा अन्जु पन्तले साथ दिएकी छिन् ।
३. ठमेल बजार
छोटो समयमा धेरै भ्यु पाउने गीतमा ‘ठमेल बजार’ एक हो । ‘लुट २’मा समावेश भएको गीतलाई कालीप्रसाद बासकोटा, मिना निरौला र भानुभत्त ढकालले गाएका हुन् । गीतमा एलिसा राई र निश्चल बस्नेतले नृत्य गरेका छन् । हाल सम्म यो गीतलाई २ करोड १५ लाख बढीले हेरिसकेका छन् ।
४. पूर्व पश्चिम रेल
गीत सार्वजनिक भएको छोटो समयमा नै ‘पूर्व पश्चिम रेल’ गीतले करोड क्लब प्रवेश गरेको थियो । ‘छक्का पञ्जा’मा समावेश यो गीतलाई राजनराज सिवाकोटी र अन्जु पन्त्तले गाएका हुन् । गीतमा राजनराज कै शब्द तथा सङ्गीत रहेको छ । गीतलाई हाल सम्म १ करोड ९३ लाख बढीले हेरिसकेका छन् ।
५. काले दाइ
चलचित्र ‘पर्व’मा रहेको गीत ‘काले दाइ’लाई हालसम्म १ करोड ७८ लाख बढीले हेरेका छन् । माला लिम्बु र निश्चल बस्नेतको नृत्य रहेको गीतलाई मिना निरौला र निश्चल बस्नेतले गाएका हुन् । गीतमा दिनेश राउतको शब्द र कोसिस क्षेत्रीको सङ्गीत रहेको छ ।