आगामी वैशाख १ गते दुई ठुला ब्यानरको फिल्म रिलिज हुने निश्चित भएको छ । रामबाबु गुरुङको निर्देशन रहने आगामी फिल्म `डिग्री माइला´ले वैशाख १ गतेलाई रिलिज मिति तोकिसकेको छ । उक्त फिल्मले आफ्नो रिलिज मिति तोकेको केही समय नबित्दै ज्ञानेन्द्र देउजाको निर्देशनमा अहिले छायांकन भइरहेको फिल्म ‘उपहार’ले पनि आगामी नयाँ वर्षलाई फिल्म रिलिज गर्ने तयारी गरेको हो । आगामी २०८१ को नयाँ वर्षमा पनि ठुलो भिडन्तको सम्भावना देखिएको छ ।‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, समर्पणजंग कार्की, शिशिर राणा, तेज गिरीलगायतको अभिनय छ भने ‘डिग्री माइला’मा दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको छ ।