कलाकारद्दय दीपकराज गिरी र दीपाश्री निरौलाको लगानीमा नयाँ हल तयार भएको छ । काठमाडौँको नयाँ बाँनेश्वरमा यस जोडिले नयाँ हल सञ्चालनमा ल्याउने तयारी गरेका हुन् । यही भदौ २१ गते बाट सुचारु हुने हलमा  बलिउड फिल्म जवान पहिलो प्रदर्शन हुने छ । १० करोड लगानीमा निर्माण भएको हलमा कुल ४ सय दर्शकले फिल्म हेर्न सक्छन् । एनबी सेन्टरको पाँचौँ र छैटौँ तलामा यो हल तयार भएको छ । अत्याधुनिक एटमस साउण्ड समेत यो हलमा जडान साथै दुवै हलमा थ्री डी फिल्म पनि हेर्न मिल्नेछ । यो हलको व्यवस्थापन भने आइएनआईले गर्नेछ ।