अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणमा उनको आमा रुकमणि ताम्राकारले छानबिन गर्न माग् गरेकी छन् । हाल सम्म कुनै प्रकरणको वास्तविकता नखुलेकोले ताम्राकारको आमाले नेपाल प्रहरीलाई छानबिन गर्न अनुरोध गरेकी हुन् । सामाजिक सञ्जालमा छोराको तस्बिर राख्दै उनले एक स्ट्याटस लेखेकी छन् । उनी लेख्छिन्:‘म सम्पूर्ण पुलिस प्रशासनलाई अनुरोध गर्दछु कि छोराको अन्तिम सुटिङको बेलामा के भएको थियो र मेरो छोराले यो कदम लियो भन्ने कुराको छानबिन राम्रोसँग गरियोस् र पुलिसले फोन डिटेल्स प्रष्ट अगाडि ल्याउनु हुन अनुरोध गर्दछु,’ रुकमणिले लेखेकी छन् । उनको स्ट्याटस निता ढुङ्गाना, मलिना जोशी, बेनिशा हमाल, गरिमा शर्मा, अञ्जना बराइलीलगायतका कलाकारले सेयर गरेका छन् ।गत असार २१ गते रातोपुलस्थित निजी निवासमा सारुक मृत अवस्थामा फेला परेका थिए । त्यसको ५२ दिनमा उनका पिता तथा कलाकार सानु ताम्राकारको पनि निधन भएको थियो ।