बलिउड अभिनेता आयुष्मान् खुराना चौधरी ग्रुपअन्तर्गतको सिजी फुड्सको `वाई वाई´ चाउचाउको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले बलिउड स्टार खुरानालाई एम्बेस्डरमा नियुक्त गरेका हुन् । आयुष्मान् पछिल्लो समय बलिउड फिल्म ‘ड्रिमगर्ल २’लाई लिएर चर्चामा छन् ।