फिल्म ‘एक भगवत् गीता’ को ‘के तिमीलाई यो कुराको खबर छ’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । कृष्ण  मैथली र नेपाली भाषाको समिश्रणमा तयार पारिएको गीतमा  सबिन एकतारेको शब्द रचना तथा हर्कुलस बस्नेतको संगीत रहेको छ । अभिनेत्री सुहाना थापा र बाल कलाकार जेभिस र जेभिन श्रेष्ठलाई फिचर्ड गरिएको गीतलाई केही समय अघि युट्युब च्यानलबाट रिलिज गरिएको हो । 

 

 

आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढुंगेल र कृष्णको पटकथा रहेको छ । कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो ।अन्तरजातीय प्रेमकथामा आधारित फिल्ममा  विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।