यती बेला फिल्म ‘अगस्त्य’को छायांकन धमाधम भइरहेको छ । ‘लार्ज स्केल’मा बनिरहेको फिल्मको छायांकन राजविराज क्षेत्रमा भइरहेको छ । ६० दिनको सेड्युल राखिएको फिल्म ‘अगस्त्य’को छायांकन र बजेट दुवै बढेको छ । कारण रह्यो फिल्मका मुख्य अभिनेता सौगात मल्ल ।अभिनेता सौगात मल्लले १८ केजी तौल बढाउनुपर्ने भएपछि फिल्मको छाँयाकन रोकिएको थियो । उनले तौल बढाएपछि राजविराजबाट दोस्रो चरणको छायांकन थालिएको हो ।एक्सन-लभ स्टोरी कथामा आधारित रहेको फिल्मलाई सौरभ चौधरीले निर्देशन गरिरहेका छन् ।‘अगस्त्य’मा नाजिर हुसेन र मलिका महतको पनि मुख्य भूमिका रहेको छ ।सेभेन सिज कम्पनीले फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको हो । अमेरिका, बेलायत, क्यानडा, कोरिया, अष्ट्रेलियालगायतका देशमा फिल्मको २५ सय बढी शो हुने जनाइएको छ ।फिल्मको निर्मातामा प्रकाश मल्ल र अनीश तामाङ रहेका छन् । फिल्म दुई श्रृंखलामा निर्माण हुने छ ।