जेल मुक्त भएका अभिनेता पल शाह पुनः लामो समय पछि निर्देशक दिवाकर भट्टराईको आगामी फिल्म `मायावी´ मार्फत ठुलो स्क्रिनमा कम्ब्याक गर्ने भएका छन् । निर्माण टिमले पोस्टरमार्फत फिल्ममा पल अनुबन्धित भएको जानकारी गराएको हो ।आगामी असोजको पहिलो हप्ताबाट छायांकनमा जान लागेको फिल्ममा आशीर्वाद क्षेत्री र रिहान गिरीको पनि प्रमुख भूमिका रहनेछ । दिवाकर स्वयंको लेखन रहेको फिल्म क्रिएटिभ सिने आर्टसले निर्माण हुनेछ ।फिल्ममा पलको जोडी अभिनेत्री दीपिका प्रसाईँसँग बाँधिनेछ ।