आगामी दसैँको फूलपातीलाई प्रदर्शन मिति घोषणा गरेका दुई फिल्म ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ : भष्मे डन’को टिमबिच अब अलग-अलग मितिमा प्रदर्शन गर्ने सहमति भएको छ । ठुला ब्यानरका यी फिल्म एकै समयमा रिलिज हुने भएको थियो । तर निर्माण टिम बिच सहमतिमा फिल्मलाई अलग -अलग मितिमा रिलिज गर्ने सम्झौता भएको छ । ‘परदेशी २’ असोज २६ गते (घटस्थापनाको दुई दिन अगाडि) र ‘भष्मे डन’ कात्तिक ४ गते (फूलपाती)बाट प्रदर्शन गर्ने सहमति जुटेको हो ।नारायण रायमाझी निर्देशित ‘परदेशी २’मा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सुशील पोखरेल, सविन बास्तोला, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ ।यसै गरी दीपेन्द्र के खनाल निर्देशित ‘पशुपति प्रसाद २ : भष्मे डन’ मा विपिन कार्की, सौगात मल्ल , स्वस्तिमा खड्का लगायतको अभिनय रहेको छ ।