फिल्म ‘फर्की फर्की’को ‘अनाउन्समेन्ट’ टिजर सार्वजनिक गरिएको छ । अभिनेता अनमोल केसीलाई प्रस्तुत गर्दै सार्वजनिक गरिएको टिजरमा अनमोलकै ‘भ्वाइस ओभर’ रहेको छ । रोहित अधिकारी र ओम अग्रवालले निर्माण गर्न लागेको फिल्मको निर्देशन सुयोग गुरुङले गर्दै छन् । साथै, फिल्मको लेखन पनि निर्देशक स्वयमकै रहेको छ । फिल्ममा अनमोलको अपोजिट्मा नायिका जसिता गुरुङ छिन् । फिल्मको सह-निर्माताको रुपमा मनोज वली र राम न्यौपाने छन् ।
आलोक शुक्लाको छायांकन रहने फिल्ममा रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको सङ्गीत, रोमन बज्राचार्यको ब्याकग्राउन्ड स्कोर र निर्देशक गुरुङ स्वयंको सम्पादन रहनेछ । लभ स्टोरी कथावस्तुमा निर्माण हुन लागेको फिल्म अर्को वर्ष (२०२४)मा प्रदर्शन हुनेछ भने आगामी कात्तिक अन्तिमबाट फिल्म फ्लोरमा जादैछ ।