नेपाली फिल्म क्षेत्रमा कुनै बेला प्रेमको कुरा गर्ने बित्तिकै आइडलको रुपमा अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको नाम अगाडी आउने गर्दा थियो । तर प्रेमको आइडल बनेका यो जोडीको पनि सम्बन्ध टिकेन । समझदारीमै सम्बन्ध टुङ्गिएको अभिव्यक्ति दिएको यो जोडीको भेट एउटै स्टेजमा भएको छ । शुक्रवार इटालीको ‘भेनिस फिल्म फेस्टिभल’ मा सहभागी हुने क्रममा दुवै एकसाथ देखिएका हुन् । लगभग ५ वर्ष प्रेम सम्बन्धमा रहेको यो जोडिको बिहे हुने खबर पनि बाहिरिएको थियो । सौगात र सृष्टि मुख्य भूमिकामा रहेको फिल्म ‘द रेड सुटकेस’ को प्रिमियरमा सहभागी हुन् दुवै इटाली पुगेका थिय । भेनिसको होराइजन्स विधामा फिल्म छनोट भएको थियो भने फिल्ममा सहभागी हुनका लागी अभिनेता विपिन कार्की, निर्देशक फिडेल देवकोटा र निर्माता रामकृष्ण पोखरेल इटाली पुगेका थिय ।