अभिनेता सारुक ताम्राकारको न्यायको माग् गर्दै शान्तिपूर्ण र्‍याली गरिएको छ ।  सारुकको घर रहेको क्षेत्र ज्ञानेश्वर चोकदेखि माली गाउँसम्म मौन र्‍याली निकालिएको थियो । र्‍यालीमा सहभागी अधिकांशले ‘जस्टिस फर सारुक’ र ‘जस्टिस फर सारुकस् मदर’ लेखिएको सेतो रङ्गको टिसर्ट लगाएका थिए । गत असार २१ गते निजी निवासमा आत्महत्या गरेका सारुकको र उनको पिता सानु ताम्राकारको तस्बिर सहित र्‍याली निकालिएको हो । सारुकको निधनको निष्पक्ष रुपमा अनुसन्धान हुनुपर्ने र सत्य तथ्य प्रहरी प्रशासनले चाँडै सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । छोराको शोकमा बिरामी ५२ दिनमा उनका पिता तथा कलाकार सानु ताम्राकारको पनि निधन भएको थियो ।