फिल्म `भगवत् गीता’ विवाद टुङ्गिएको छ । नामलाई लिएर विवाद भएको फिल्म नाममा नै आएर सहमति भएको हो । निर्माण टिमले फिल्मको नाम सच्याएका छन् । `एक भागवत र एक गीता´ नाम राख्दै फिल्मको सहमति भएको हो । सहमतिसँगै फिल्मलाई सेन्सरका लागि सिफारिस दिने सहमति भएको छ । यो सहमतिसँगै अब भदौको २९ गतेबाट फिल्म चल्ने पक्का भएको हो । झरना थापा निर्देशित यो फिल्ममा विपिन कार्की, धिरज मगर, सुहाना थापा लगायतका कलाकारको अभिनय छ । फिल्मले भागवत् र गीता नाम गरेका २ पात्रको कथा भन्छ ।