फिल्म `मायावी´ टिम सँग अभिनेता सुशील सिटौला जोडिएका छन् । निर्माण टिमले आइतबार एक पोस्टरमार्फत फिल्ममा उनको अभिनय रहने जानकारी गराएको हो । यसअघि फिल्ममा अभिनेता पल शाह अनुबन्ध भैसकेका छन् ।फिल्ममा अभिनेत्री दीपिका प्रसाईँ पनि रहेकी छिन् । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म क्रिएटिभ सिने आर्टसले ब्यानरमा निर्माण हुन लागेको हो । असोज पहिलो साताबाट पोखरामा छायांकन सुरु हुनेछ ।‘मायावी’मा एसडी योगीको सङ्गीत, राम अविरल विष्टको गीत रचना तथा राजु विक्रम थापाको डिओपी रहनेछ ।