‘एक भागवत् र एक गीता’ ले बोर्डबाट सेन्सर सिफारिस पाएको छ । केही समय देखी विवादमा रहेको फिल्मको नाम सच्याए पछि यो विवाद टुङ्गिए सँगै फिल्मले रिलिज अनुमति पाएको हो । झरना थापा निर्देशित फिल्ममा विपिन कार्की, सुहाना थापा, जेभिन श्रेष्ठ, जेभिस श्रेष्ठ, धिरज मगर, कबीर खड्का आदिको अभिनय छ । फिल्मको कन्सेप्ट सुहाना थापा र कथा झरना थापाको हो । फिल्ममा झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढुङ्गेल र कृष्णको पटकथा तथा परिक्षेद, पुरुषोत्तम र सरिनको संवाद लेखन छ । केही धार्मिक संस्थाहरूले हिन्दु धर्मग्रन्थबाट नाम लिएर फिल्म बनाएकोमा आपत्ति जनाउँदै चलचित्र विकास बोर्डदेखि सञ्चार मन्त्रालयसम्म नाम हेर्न माग गर्दै निवेदन दिएका थिए । फिल्म भदौ २९ बाट प्रदर्शनमा आउँदै छ ।