फिल्म ‘रङ्गेली’को छायाङ्कन सुरु गरिएको छ । मोरङस्थित काली मन्दिर रंगेलीमा शुभ मुहूर्त गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो । अर्जुन सुवेदीको निर्देशन रहने फिल्ममा निर्देशक सुवेदीको लेखन छ ।प्लानेट थ्री फिल्मस् एन्ड प्याराडाइज पिक्चर्सको ब्यानरमा बन्न लागेको फिल्मको पहिला ‘रङ्गेली ग्याङ्स्टर्स’ शीर्षक राखिएको थियो । पछि निर्माण टिमले शीर्षक परिमार्जित गरेर ‘रङ्गेली’ मात्रै राखेको हो ।फिल्मको कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा छन् । निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई छन् भने युवक कार्की र शिव थपलिया सह-निर्माता रहेका छन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा सुन्दर धिताल लगायतको मुख्य भूमिका रहनेछ ।छायाँकारमा सुसन प्रजापति रहेको फिल्म फागुन २५ गते अर्थात् आगामी महाशिवरात्रिकै दिन रिलिज हुने छ ।