फिल्म ‘नाङ्गो गाउँ’लाई प्रिमियरमा राम्रो प्रतिक्रिया मिलेको छ । गत बुधवार सितापाइलास्थित सीके सिनेमाज् हलमा राखिएको प्रिमियरमा फिल्मलाई उत्कृष्ट प्रतिक्रिया मिलेको हो । प्रिमियरमा फिल्मकर्मी देखी पत्रकार सम्मको उपस्थित रहेको थियो । निर्देशक दीपाश्री निरौला, कलाकार जितु नेपाल, निर्देशक नरेश पौडेल लगायतले फिल्मको  विषयवस्तु उत्कृष्ट रहेको बताएका थिय । क्लक वर्क क्रियसनको व्यानरमा निर्माण भएको सिनेमामा दीपेन्द्र लामा स्वयंको कथा, पटकथा तथा संवाद लेखन रहेको छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी आरएल शाह, कर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतको पनि अभिनय रहेको छ ।हिमाल कडरिया प्रस्तुतकर्ता रहेको सिनेमामा जय श्रेष्ठको लगानी छ भने सिनेमाका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । फिल्म भोलीबाट प्रदर्शनमा आउँदै छ  ।