लामो समय पछि रजतपट पुन कमब्याक गरेकी अभिनेत्री श्वेता खड्काले निर्माण गर्ने लागेको चलचित्र ‘कान्छी’को सम्पूर्ण छायाङ्कन सकिएको छ । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी वरपर पचास दिनमा फिल्मको छायाङ्कन सकिएको हो ।

आकाश अधिकारीको निर्माण रहेको चलचित्रमा श्वेता र अभिनेता दयाहाङको मुख्य भूमिका रहेको छ । छायाङ्कन सकिए सँगै चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । निर्माण पक्षको अनुसार चलचित्र माघ २६ गतेबाट प्रदर्शनमा आउने छ । श्वेताले गत बिहीबार लक्ष्मी पूजाको दिन चलचित्रको सुटिङ सकिएको भन्दै चलचित्र आफ्ना स्वर्गिय पति अभिनेता श्रीकृष्ण श्रेष्ठ प्रति समर्पित रहेको लेखेकी थिइन् । श्वेताको लेख यस्तो छ । 

ग्रामीण भेगको एक कान्छी पात्रको कथा बोल्ने चलचित्रमा श्वेता र दयाको साथै े नायिका अनु शाह, कलाकार प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको अभिनय रहेको छ ।