अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाको सिनेमा घर आजबाट सञ्चालनमा आएको छ । बानेश्वरस्थित एनबी सेन्टरमा आईएनआई फिल्मको फ्रेन्चाइजअन्तर्गत फिल्म हल सञ्चालनमा ल्याइएको हो ।गिरी, निरौला र शर्माले १० करोड रुपैयाँ लागतमा सिनेमा हल निर्माण गरेका हुन् ।फिल्म भवनबाट प्राप्त गर्ने पैसा निर्माता र प्रदर्शकको बराबर हुनुपर्ने बताउँदै गिरिले आफ्नो सिनेमा हलबाट प्रदर्शक र निर्माताले बराबर पैसा पाउने घोषणा पनि गरेका छन्।