अभिनेता दयाह्याङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहने फिल्म ‘डिग्री माइला´ को शुभ-मुहूर्त गरिएको छ । रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने फिल्मको आज भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो ।बाँसुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन आगामी शुक्रवार अर्थात् असोज ५ गतेबाट ओखलढुङ्गास्थित रुम्जाटारमा हुनेछ ।आगामी वर्ष २०८१को नयाँ वर्षलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा दयाहाङ र आँचलका अलावा विजय बराल, माओत्से गुरुङलगायतको पनि अभिनय रहेको छ ।