कुजा एन्टरटेन्मेन्टको आयोजनामा गायक जोन चाम्लिङ राईको लाइभ कन्सर्ट हुने भएको छ । काठमान्डौ स्थित क्लब प्ल्याटिनममा २३ सेप्टेम्बरमामा कन्सर्ट हुने भएको हो । उक्त दिन लक्ष्यब्यान्डले पनि आफ्नो गीतहरू प्रस्तुत गर्ने छ । लाइभ हेर्न चाहने दर्शकले अन्लाईन पार्टनर ई सेवा मार्फत टिकट लिन सक्ने छन् । टिकटको मूल्य आयोजक टिमले रु हजार तोकेका छन् । गायक जोनको पछिल्लो समय `हावा जस्तै´ बोलको गीत चर्चामा छ । उक्त गीतलाई युट्युबमा मात्र ८.९ मिलिएन दर्शकले हेरिसकेका छन् भने टिकटकमा पनि सो गीत उत्तिकै लोकप्रिय रहेको छ । साधना, निहिता, को छ र लगायत उनले गाएका गीतहरू हुन् ।