युवाहरूद्वारा सञ्चालित डब्लु एल फुड कम्पनीले फुड फेष्ट सुरु गरेको छ l भाद्र २७ देखि असोज १२ सम्म चल्ने उक्त फुड फेष्टमा आयोजक टिमहरूले उपहार पनि राखेका छन् । फेष्टमा प्रत्येक अर्डरमा सियोर सट प्राइज राखेको छ, जसमा २ जनालाई मोटरसाइकल, एक जनालाई आई फोन १४, एक जनालाई रु. एक लाख, एक जनालाई रु. ५० हजार, दस जनालाई रु. १० हजारसाथै स्ट्रेक बाल क्लाइमिङको तर्फबाट सय प्रतिशतसम्म छुट, धुलिखेल जिपलाइनको भौचर, सुबिसु इन्टरनेटको टर्फबाट २५ प्रतिशत सम्म छुट, फन्ड लेन्डको तर्फबाट सय प्रतिशत छुटसहित डब्लु एल फुड फेष्ट २०८० ‘खाना खाऊ घरमै बसी बसी’ भन्ने नारासहित फुड फेष्ट सुरु गरेको हो । सहभागी हुन डब्लु एल बाट अर्डर गरेर अथवा टिक टक भिडियो बनाएर हुन सकिने कम्पनीले जनाएको छ । यति गरेपछि तपाईँले कुपन पाउनु हुनेछ । कुपनमा माथिका उपहारहरू पाउन सक्नु हुनेछ भने अर्डर गर्दा खाने कुरामा ८० प्रतिशतसम्म छुट, नो मिनिमम अर्डर १ किन्दा १ सित्तैमा, सित्तैमा खाना अन्य धेरै अफरहरू हुनेछन् भनी सञ्चालक रविन कट्टेलले जानकारी दिएका छन् ।विगत ३ वर्षदेखि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न ५०० भन्दा बढी रेस्टुरेन्टका परिकारहरू डेलिभरी गर्दै आएको डब्लु एल फुड कम्पनीमा ६ जना लगानीकर्ताहरू रहेका छन् ।