लेखक प्रशान्त शर्माको उपन्यास 'ईरा' विमोचन गरिएको छ । शर्माको यस दोस्रो उपन्यास एक कार्यक्रम बिच विमोचन गरिएको हो । विमोचन समारोहमा समाजशास्त्री डा. शोभा ढुङ्गाना, सञ्चारकर्मी अच्युत घिमिरे बुलबुल, अभिनेत्री लक्ष्मी बर्देवा, लेखक विवेक ओझासहित लेखक शर्माले सामूहिक रूपमा पुस्तक विमोचन गर्नुभएको थियो । दुई वर्षको अन्तरालपछि आफूले दोस्रो उपन्यास सार्वजनिक गरेको शर्माको भनाइ छ । शर्माको पहिलो उपन्यास 'रूखहरूको मृत्यु' बजारमा चर्चित उपन्यासका रूपमा रहेको छ । उक्त पुस्तकको पुस्तकको कभर डिजाइन रसिक राजले गर्नुभएको हो भने, पुस्तकलाई बजारमा वि एन पुस्तक सञ्चालले ल्याएको हो । कफी यात्रा प्रडक्सनद्वारा प्रकाशित पुस्तकको मूल्य ४५० रहेको छ ।