अभिनेता सौगात मल्लको अभिनय रहने फिल्म ‘हात्ती छाप’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्मको पोस्टर एकदमै आकर्षित देखिन्छ । सार्वजनिक पोस्टरमा सौगातलाई `बोटल राजा´ को उपनाम दिइएको छ । माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा किरण नेपालीको प्रस्तुति रहेको छ । फिल्ममा अमलादेवी नेपाली र दिपक मनाङ्गेको लगानी छ भने कार्यकारी निर्माता सरोज नेपाली हुन् ।फिल्ममा सौगातका साथै दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, राजन खतिवडा, विल्सन विक्रम राई, विनोद न्यौपाने, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आले, रवीन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरीलगायतको पनि अभिनय रहेको छ ।