फिल्म `मायावी´ मा नायिका करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छिन् । निर्माण टिमले वेलकम टु अब्रोड भन्दै श्रेष्ठको तस्बिर सार्वजनिक गरेको हो । सन् २०१४ मा प्रदर्शन भएको फिल्म ‘एउटा साथी’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी करिश्मा श्रेष्ठले यसपछि सन् २०१५ मा ‘लभ सब’ र सन् २०१८ मा ‘बाबु कान्छा’मा अभिनय गरेकी थिइन् ।दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्ममा निर्देशक भट्टराई र राज कटुवालको संयुक्त निर्माण रहने छ । निर्देशक भट्टराई स्वयंको लेखन रहेको फिल्म क्रिएटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण हुन लागेको हो ।फिल्ममा पल शाह, दीपिका प्रसाईँ, सुशील सिटौला, समीम खानको पनि अभिनय रहनेछ ।