डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ को विशेष प्रदर्शन हुने भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराएका हुन् ।आनन्द राजले राम्रो इन्टरटेनमेन्टसँगको सहकार्यमा निर्माण गरेको फिल्मलाई रामजी ज्ञवालीको कथा तथा निर्देशनमा निर्माण गरिएको हो । निर्देशक ज्ञवालीले यसअघि डार्कमुन, हनिमुन, आराध्या जस्ता छोटा सिनेमा निर्माण तथा केही म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । २० लाख लागतमा निर्माण रहेको फिल्मलाई आनन्द राज प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो । रित्तो गाउँ’ले नेपालका धेरै पहाडी भेगमा भोग्नुपरेको कठोर यथार्थलाई गहिरिएर प्रस्तुत गर्न खोजेको छ । फिल्ममा अभिनेता मुकुन भुषाल, पुराना कलाकार सुवास गजुरेल र सविना राउतको मुख्य भूमिका रहेको छ । फिल्मका सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने डिओपी नीरज कँडेल हुन् ।