फिल्म ‘कौसीद’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएको ट्रेलरमा फिल्मका मुख्य कलाकार भोलाराज सापकोटा र नायिका ऋचा शर्मालाई प्रस्तुत गरिएको छ । कुमार भास्करद्वारा निर्देशित फिल्मलाई असोज २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । सोही दिन फिल्म `परदेशी २´ पनि प्रदर्शनमा आउँदै छ । बड पिक्चर्स र ट्रिडेन्ट कन्सेप्टको संयुक्त निर्माण रहेको फिल्ममा केदार भुषाल निर्माता रहेका छन् । फिल्मको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह-निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् ।
फिल्ममा निसाल पौडेलको छायांकन रहेको छ ।नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले मिलेर लेखेको फिल्ममा भोला र ऋचाको अलावा रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भीक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायतको पनि अभिनय रहेको छ ।