वैशाख २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘एक भागवत र एक गीता’ ले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ  । तिज बिदामा फिल्मको ६० प्रतिशतमाथि अकुपेन्सी देखिएको थियो । कामकाजी दिन अर्थात् मङ्गलवार पनि फिल्मको अकुपेन्सी सुखद नै छ । हाउस फुल दर्शकको साथ प्रदर्शन भइरहेको फिल्मले  कछुवाको गतिमा दर्शकको संख्या बढाउन थालेपछि काठमाडौँसहितका मल्टीप्लेक्सहरुले सो संख्यामा समेत वृद्धि गरेका छन् ।झरना थापाद्वारा निर्देशित फिल्ममा सुहाना थापा, धिरज मगर, जेवीस श्रेष्ठ, जेवीन श्रेष्ठ, कबीर खड्कालगायतको अभिनय छ । फिल्ममा अभिनेता विपिन कार्की  तेस्रो लिङ्गीको भूमिकामा देखिएका छन्  ।