फिल्म ‘परदेशी २’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हिजो काम आज काम’ बोलको  गीतमा सतिश चापागाईँको शब्द रचना, बिबि अनुरागीको सङ्गीत तथा प्रशान्त तामाङको स्वर रहेको छ । नारायण रायमाझी निर्देशित फिल्मको गीतमा मनछुने संवाद समेत समावेश छन् ।नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा गीतकार तथा सङ्गीतकार रमेश बिजीको लेखन छ ।

दसैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा नीर शाह, प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु लगायतको अभिनय छ ।