निर्देशक सुदर्शन थापाको निर्माण र निर्देशन रहने फिल्म ‘रावायण’मा अभिनेत्री तथा पूर्व मिस नेपाल निकिता चाण्डक अनुबन्धित भएकी छन् । औपचारिक रुपमा लिखित सम्झौता गर्दै निर्माण टिमले फिल्ममा निकितालाई भित्र्याएका हुन् । सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा, पटकथा तथा संवाद शिवं अधिकारीको हो ।फिल्ममा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम स्वारको कोरियोग्राफी रहने छ । निकिताको अलावा फिल्ममा नीति शाह , अनमोल केसी, शिल्पा मास्के, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया लगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ । आगामी असोज १२ गतेदेखि छायांकन सुरु हुन लागेको सिनेमामा अनमोल दोहोरो भूमिकामा प्रस्तुत हुनेछन् ।