अभिनेता गौरव पहारीले  इन्गेजमेन्ट गरेका छन् । बुधवार काठमाडौँको पाँचतारे होटेल र्‍याडिसनमा आयोजित समारोहमा प्रेमीका श्रेणी खतिवडासंग उनले इन्गेजमेन्ट गरेका हुन्  । इन्गेजमेन्टमा कलाकारहरू विल्सन विक्रम राई, निर्देशक उदय सुब्बा लगायत उपस्थित थिए ।श्रेयानी पेशाले फिटनेस प्रशिक्षक हुन् ।आगामी माघमा उनीहरूबिच बिहे हुने तयारी भइरहेको छ ।