फिल्म ‘देव वाणी’को पोस्टर सार्वजनिक गरिएको छ lआगामी पुष २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको हो ।पोस्टर मा सुनिल थापा, कुन्दन भारद्वाज र अनुजा लेप्चा फिचर्ड छन् ।बाबु साहेब बलामीको निर्देशन रहेको फिल्मलाई मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा बनाइएको हो । मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा महेन्द्र यादव र अपार गुरुङ छन् ।फिल्ममा ध्रुव कोइराला, घनश्याम गिरी, रवीन्द्र झा, नन्दु श्री वास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिनालगायतको पनि अभिनय छ ।