बिहीबार लक्ष्मीपूजाको दिन युट्युबमा चलचित्र ‘राधे’ रिलिज गरिएको छ । ०७४ वैशाख १ गते प्रदर्शनमा आएको चलचित्रलाई निर्माण युनिटले लक्ष्मीपुजाको अवसर पारेर युट्युबमा रिलिज गरेको थियो । रिलिज गरेको तिन दिनमा चलचित्रलाई झन्डै १० लाखले हेरिसकेका छन् ।
हाल नेपालको ट्रेडिङ ५ मा रहेको चलचित्रलाई दर्शकबाट राम्रो प्रतिक्रिया मिलिरहेको छ ।
सुशील पोखरेलले निर्माण र जगदीश्वर थापले निर्देशन गरेको ‘राधे’ले प्रदर्शनक्रममा औसत व्यापार गरेको थियो । चलचित्रमा निखिल उप्रेती र प्रियंका कार्कीको मुख्य भूमिका रहेको छ । ‘राधे’ एक्सन प्रधान चलचित्र हो । यसै चलचित्र मार्फत निखिल र प्रियंका पहिलो पटक एकसाथ पर्दामा देखिएका हुन् ।