फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन सुरु भएको छ ।शूटिङ सेटको केही तस्बिर सार्वजनिक गर्दै निर्माण टिमले जानकारी गराएका हुन् । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले निर्देशन रहने फिल्म बाँसुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो । अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको जोडी बाँधिने फिल्ममा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङलगायतको पनि अभिनय रहने फिल्म आगामी वर्ष (२०८१)को नयाँ वर्षमा फिल्म प्रदर्शन हुने निश्चित भैसकेको छ । फिल्मको दोस्रो चरणको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुङ्गामा गरिने जनाइएको छ ।