रिलिज मिति नजिकिँदै गर्दा फिल्म ‘परदेशी २’ टिम प्रचार-प्रसारमा लागेका छन्   । दर्शकलाई हलसम्म तान्ने प्रयास शोरुप काठमाडौँको कलेजपछि अहिले नारायणगढ पुगेका छन्  । फिल्मको कथा बुझाउन नाटक समेत तयार गरिएको छ । त्यही नाटक लिएर काठमाडौँपछि फिल्मको  टिम यति बेला मोफसल दौडाहामा छ । असोज १२ गतेसम्म पश्चिम नेपालका विभिन्न सहरहरूमा फिल्मको मोफसल टुर जारी रहनेछ ।बिहीबार र शुक्रवार नारायणगढका केही कलेजमा नाटक देखाउँदै निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारीले त्यहाँका तन्नेरी विद्यार्थीहरूलाई परिवारसहित फिल्म  हेर्न निम्तो दिएका थिय ।फिल्ममा  नारायण रायमाझी र राजेश बंशलले संयुक्त रुपमा निर्माण गरेका हुन् । आगामी असोज २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्ममा केकी र प्रकाशको अलावा नीर शाह, दिलीप रायमाझी, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतको अभिनय रहेको छ ।