अर्बपति विनोद चौधरीले सनिबार राती चलचित्र ‘छक्का पञ्जा २’को पुरै शो किनेर हेरेका छन् । असोज ११ गते फूलपातीको दिनको प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा २’े चौथो साता पनि सफलताको साथमा प्रदर्शन भइरहेको छ । लगभग १५ करोडको कमाई गरिसकेको छक्का पञ्जा हेर्ने चौधरीले पुरै शो किनेका थिए । उनले चलचित्रमा अभिनय गर्ने कलाकारसँगै बसेर ‘छक्का पञ्जा २’ हेरका छन् । दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्रमा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धी तामाङ, बर्षा राउत, स्वस्तिमा खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।