निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म `हनी बनी’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक फर्स्ट लुकमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक देखिएका छन् ।आगामी माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म एबी इन्टरनेशनल र गौतम प्रोडक्सन एन्ड भ्वाइस फिल्म्ससँगको सहकार्यमा बनेको हो । निर्माता अमित स्वयंको फिल्ममा पटकथा लेखन रहेको छ ।फिल्मका निर्मातामा अमित बस्नेत, परी राना र आरोन बस्नेत छन् भने सह(निर्माता अजित थापा र सनिस खकुरेल हुन् ।फिल्ममा सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाहीलगायतको पनि अभिनय छ ।