अभिनेत्री तथा निर्मात्री रेखा थापा आमा बन्ने भएकी छन् ।यती बेला ५ महिनाको शिशु गर्भमा रहेकी उनले आगामी माघमा पहिलो सन्तानलाई जन्म दिने भएकी हुन् । रेखा स्वयंले आफू आमा बन्न लागेको कुराको पुष्टि गरेकी हुन् । २०७८ सालको माघमा जाजरकोटका बलराम शाहीसँग उनले अदालती विवाह गरेकी थिइन् । विवाह अगाडि उनीहरू प्रेम सम्बन्धमा थिए । यती बेला उनी फिल्म `उपहार´ को छायांकनमा व्यस्त छिन् ।