निर्माता तथा निर्देशक सन्तोष सेनले नयाँ फिल्म ‘बलिदान’को निर्माण घोषणा गरेका छन् ।तिहारपछि छायांकनमा जाने जानकारी गर्दै सेनले फिल्मको घोषणा गरेका हुन्  । राजनीतिक र सामाजिक परिवर्तनका लागि प्राण उत्सर्ग गर्ने नागरिकको संघर्षको कथा पेश गर्ने फिल्मको टिजरपनि छायांकन गरिसकिएको छ । ६ करोड  लागतमा बन्ने फिल्मको लागी कलाकारको  कास्टिङ्ग चाडै नै गरिने छ  ।तर यसमा प्रदीप खड्का कास्ट हुन्छन् या हुँदैनन् भन्नेबारे भने निर्माण टिमले जानकारी गराएको छैन ।