पोखरामा पहिलो पटक ईन्टरनेशनल स्ट्यान्ड अप कमेडीशो हुँदै छ । भारतका चर्चित ‘स्ट्यान्ड अप कमेडीएन कलाकार आकाश मेहताको प्रस्तुति हुने भएको हो । आउँदो आश्विन ११ गते बिहीबार, पोखरा लेक साइडको प्याराडिजो बारमा इन्डियन कमेडियन आकाश मेहताको शो हुने छ । आकाश मेहतासँगै नेपालका स्ट्यान्ड अप कमेडियन आयुष श्रेष्ठ र एलेन जंग थापाले पनि आफ्नो प्रस्तुति दिने छन् । इन्टरटेन्टमेन्टको आयोजनामा हुने कार्यक्रम चितवन, पोखरा र काठमाडौँमा हुनेछ । कार्यक्रमसँगै इन्डियन कमेडियन आकाश मेहताको नेपाल टुर समेत हुने छ ।कमेडीले दर्शकलाई मनोरञ्जन दिनुका साथै नेपालको विभिन्न पर्यटकीय स्थानहरूको प्रचार प्रसार पनि गरिने छ । आयोजक आशिष् पुरीको अनुसार प्रचार नेपालले व्यवस्थापन गरेको कार्यक्रम चितवनमा सेप्टेम्बर २५ मा भैसकेको र पोखरामा २८ सेप्टेम्बरमा हुने छ । देवर्सको प्रस्तुति ‘लाफ एन्ड क्ल्याप’ को सहभागितामा हुने कार्यक्रम काठमाडौँमा ३० सेप्टेम्बरमा हुनेछ ।कार्यक्रमको डकुमेन्ट्री भिडियो बनाएर विभिन्न स्थानहरूको प्रचार पनि गरिने छ ।