फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ आगामी कार्तिक ४ गतेबाट नेपालसँगै विश्वभरका सिनेमा घरमा रिलिज हुँदै छ ।फिल्मको अग्रिम टिकट बुकिङ खुलाउन समेत थालिएको छ ।अन्य देशमा समेत फिल्मको उच्च माग् भइरहेको छ । अष्ट्रेलिया, अमेरिका, जापान, पोर्चुगललगायत विभिन्न देशमा फिल्मको लागि अग्रिम टिकट बुकिङका लागि शो समेत खोलिएको छ । मेलर्वनको चाइना टाउनमा सिनेमाको प्रिमियर अक्टोबर २३ तारिखमा हुँदै छ ।यस्तै, फिल्मको २५ अक्टोबर, ३० अक्टोबर र ५ नोभेम्बरका लागिसमेत अग्रिम टिकट बुकिङको लागि शो खुलिसेको छ । यता जापानका लागि पनि फिल्मको अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । जापानमा अक्टोबर २७ मा केयोटो र ओसाकामा फिल्म रिलिज हुनेछ भने अक्टोबर ३० मा कोबेमा रिलिज हुने पक्का भएको हो ।युरोपको बेल्जियम लगायतका देशमा पनि सिनेमाले आक्रामक सुरुवात गर्ने देखिएको छ । अक्टोबर २१ बाट नै बेल्जियमका ५ वटा शहरमा फिल्मको शो नै सुरु हुँदैछ । अक्टोबर २३ तारिखसम्मका लागि बेल्जियममा शो खुलिसकेको छ ।निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ ।टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।