त्रिपक्षीय भिडन्तको लागी असोज २६ मा अर्को फिल्म पनि जोडिएको छ  । फिल्म हो ‘बासेन्जी’ l निर्माण टिमले फिल्म ‘बासेन्जी’ लाई पनि सोही मितिमा रिलिज गर्ने अडान लिएका हुन् । यही असोज २६ गते अर्थात् घटस्थापनाको दुई दिनअघि फिल्म ‘परदेशी २’ एकल प्रदर्शन हुने सम्भावना देखिएको थियो । तर सोही मितिमा ऋचा शर्माको`कौसिद´ पनि जोडियो । ´अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टको निर्देशनमा गौरीशङ्कर इन्टरटेनमेन्टको ब्यानरबाट सुरज मैनालीले निर्माण गरेको फिल्म हरर जनरामा बनेको छ ।निर्देशक क्लेमेन्टले निर्देशन गरेको फिल्ममा सुरज मैनाली र गौरव बस्नेतको लेखन छ । फिल्ममा असीम निरौला,मिथिला शर्मा, सरिता गिरी, अंकित खड्का, प्रवेश उप्रेती, निरु खड्का, प्रतिक दुलाल, सुदीपा पाठक, राज शर्मा, मोक्ष अधिकारी आदिको पनि फिल्ममा अभिनय छ ।