चलचित्र ‘शत्रु गते’को शुभ मुर्हत गरिएको छ । सोमबार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा चलचित्र निर्माण युनिट सहित क्यामेरा पूजा गरी शुभ मुर्हत गरिएको हो । मह सञ्चारको प्रस्तुतिमा कलाकार किरण केसीले निर्माण गर्ने चलचित्रको शुभ मुर्हतमा प्रस्तुतकर्ता मह जोडी, निर्देशक प्रदीप भट्टराई, निर्माता किरण केसी, छायाँकार दीर्घ गुरुगं, सङ्गीतकार राजनराज सिवाकोटी, कलाकारहरू दिपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा लगायत उपस्थित थिए । दिपकराज गिरीले क्याल्प र किरण केसीले नरिवल फुटाएर चलचित्रको छायाङ्कन सुरु भएको घोषणा गरेका थिए ।

 

चलचित्रको छायाङ्कन भने बिरगञ्जबाट सुरु हुने भएको छ । ५० दिनको छायाङ्कन रहने ‘शत्रु गते’को दुई साता विरगञ्ज र बाँकी छायाङ्कन राजधानीमा रहने निर्माण पक्षले जानकारी दिएको छ । कमेडी जनरामा बन्न लागेको चलचित्र चैत्र ९ गतेबाट प्रदर्शनमा आउने भएको छ ।