फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’बाट अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेता मल्ल टाउकोमा फेटा बाँधेर एङ्री लुक्समा प्रस्तुत छन् ।दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई टुकी आर्ट्सको ब्यानरमा निर्माण गरिएको हो । फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको सङ्गीत रहेको छ ।फिल्ममा सौगात मल्लका अलावा विपिन कार्की, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिएकी छिन् ।